‘हामी भन्ने भावना राखेर काम गरौं’: मेयर आचार्य

कास्की | जेठ १२, २०७९

‘हामी भन्ने भावना राखेर काम गरौं’: मेयर आचार्य

पोखरा:   पोखरा महानगरपालिकाको नवनिर्वाचित मेयर धनराज आचार्यले हामी भन्ने भावना राखेर काम गर्नुुपर्ने बताएका छन् ।

 

मुुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरपालिकाद्वारा पोखरामाम आज  आयोेजित  नवनिर्वाचित पदाधिकारीहरुको घोषणा सभा, प्रमाण पत्र तथा सपथग्रहण समारोहमा सपथ ग्रहणपश्चात बोल्दै आचार्यले यस्तो अभिव्यक्ति दिएका हुुन् । 

 

उनले कूनै पार्टीबाट निर्वाचित भएपनि अब नागरिकको साझा जनप्रतिनिधि भएको उल्लेख तर्क राखे ।

 

‘म भन्ने कुुरा भन्दा माथि उठेर हामी भन्ने कुुरामा रहेर काम र कारवाही गरौं । आमसभाबाट निर्वाचित भएर अब हामी तपाईहरु सबैको साझा प्रतिनिधि भएर आइसकेका छौ । अब हामीले हामी भन्ने भावनामा रहि तपाइहरुको समस्या समाधान गर्नेछौं, उनले भने, ‘हाम्रो पहिलो मिसन ‘मिसन पोखरा’ हुुने छ । पोखरालाई स्वच्छ, सुुन्दर पोखरामा परिवर्तन गर्नेछौ ।’ 

 

नगर प्रमुख आचार्यले आफुलाई अमुुल्य मत दिएर जिताएको भन्दै  आम पोखरेली नागरिकलाई धन्यवाद समेत व्यक्त गरेका थिए । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्